Logo

सुनको मूल्य घट्दै, बुधबार प्रतितोला साढे ७९ हजारमा कारोबार हुँदै

सुनको मूल्य घट्दै, बुधबार प्रतितोला साढे ७९ हजारमा कारोबार हुँदै



काठमाडौं । बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । साताको दोस्रो दिन इतिहासको सबै भन्दा बढी मूल्य भए पनि मंगलबार र बुधबार भने मूल्यमा केही गिरावट आएको सुनचाँदी ब्यवसायी महासंघले जानकारी दिएको छ ।

laxmi

महासंघका अनुसार सोमबार ८० हजार ३ सय रुपैयाँ पुगेको सुनको मूल्य मंगलबार ३ सय रुपैयाँले घटेर प्रतितोला ८० हजार रुपैयाँ कायम भएको थियो । बुधबार भने उक्त मूल्यमा ५ सय रुपैयाँले घटेर ७९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यसतै तेजाबी सुन प्रतितोला ७९ हजार २ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदी प्रतितोला ९ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार प्रतितोला ९ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार भने २० रुपैयाँले घटेर ९ सय ५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL