Logo

नेउवा महासंघको साधारणसभा चैत २८ र २९ मा, ३ महिनाभित्र विधान संशोधन

नेउवा महासंघको साधारणसभा चैत २८ र २९ मा, ३ महिनाभित्र विधान संशोधन



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को साधारण सभा आगामी चैत २८ र २९ गते हुने भएको छ । आईतबार बसेको महासंघको कार्यसमिति बैठकले २८ र २९ गते साधारणसभा गर्ने निर्णय गरेको हो ।

बैठकमा २८ गते साधारणसभा र २९ गते बरिष्ठ उपाध्यक्षसहित विभिन्न पदमा निर्वाचन हुने निर्णय समेत गरिएको छ ।

महासंघमा बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानका कारण अध्यक्षमा वर्तमान बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा साधारणसभा पछि स्वतः अध्यक्ष हुनेछन् ।

बैठकमा विधान संशोधनको विषयमा राखिएको प्रस्तावमा तीन महिनापछि नयाँ निर्णय गर्ने सहमती भएको छ । तीन महिनापछि महासंघमा नयाँ कार्यसमिति हुनेछ । नयाँ कार्यसमितिको निर्णयकै आधारमा ३ महिनाभित्र विधान संशोधन हुने महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL