Logo

उपसभामुख छाडेकी शिवमायालाई ओलीले दिए कानुन मन्त्रीको जिम्मेवारी, आजै सपथ लिने

उपसभामुख छाडेकी शिवमायालाई ओलीले दिए कानुन मन्त्रीको जिम्मेवारी, आजै सपथ लिने



काठमाडौँ । उपसभामुख पदबाट विवादास्पद बर्हिगमनमा परेकी निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनमन्त्रीमा नियुक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले उनलाई रिक्त रहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सल्लाहकार थापाका अनुसार तुम्बाहाङ्फेलाई सोमबार साढे तीन बजे शपथ ग्रहण गराउने तयारी भएको छ ।

यसअघि, उपसभामुख पदबाट राजीनामा दिने विषयमा विवाद चलिरहँदा तुम्बाहाङ्फले उपसभामुख पद मन्त्री पदका लागि नसाट्ने बताउँदै आएकी थिइन् ।

लामो समयको विवादपछि उनले अन्ततः राजीनामा दिएकी थिइन् । उनले राजीनामा दिएसँगै अग्निप्रसाद सापकोटा सभामुख पदमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL