Logo

पाटा नेपालको अध्यक्षमा ठाकुर निर्वाचित, यस्तो छ ठाकुरको पाटालाई अघि बढाउने योजना

पाटा नेपालको अध्यक्षमा ठाकुर निर्वाचित, यस्तो छ ठाकुरको पाटालाई अघि बढाउने योजना



काठमाडौं । पाटा च्याप्टर नेपालको अध्यक्षमा बिभुति चन्द ठाकुर चयन भएका छन । पाटा नेपालको ४३ औं वार्षिक साधारण सभाले उनलाई अध्यक्षमा चयन गरेको हो ।

laxmi

बुधबार भएको साधारण सभाले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीलाई प्रथम उपाध्यक्षमा चयन गरेको छ भने महासचिवमा शिव ढकाललाई चयन गरेको छ ।

पाटा नेपालको अध्यक्षमा निर्वाचित भएसँगै अध्यक्ष ठाकुरसँग बिजखबरले उनको भावी कार्ययोजनाबारे छोटो कुराकानी गरेको छ ।

४३ औं साधारण सभाबाट अध्यक्ष हुनुभएको छ । अबको कार्यायोजना के छ ? पाटालाई कसरी अगाडि बढाउनु हुन्छ ?

पहिलो कुरा त म ३ कुरामा विश्वास राख्छु । त्यो के हो भने विश्वास, लक्ष् र उपलब्धि । यी ३ कुरा भयो भने हामीलाई कार्यसमितिमा काम गर्न सजिलो हुन्छ । र यो कुरा म पहिलो बैठकमै राख्ने छु । र हरेक क्षेत्र जस्तै नागरिक उड्डयन, होटल, यातायात, बजार सबै जिम्मेवारी एक जनालाई मात्रै नदिने र नलिने गरि काम गर्ने छौं । किन भने ति सबै काम एक जनाले मात्रै गर्दा काम गर्न नसकिने अवस्था आउँदो रहेछ । हरेक काम बाँडफाँड गरेर गरेको खण्डमा काम गर्न सजिलो हुन्छ भन्ने मैले आशा गरेको छु ।

हाम्रो तयारी भनेको भ्रमण बर्ष लक्षित कार्यक्रम हो । भ्रमण बर्ष २०२० भनेको अति महत्वपूर्ण कार्यक्रम हो । भ्रमण बर्षमा २० लाख पर्यटक ल्याउन हामी सक्छौं, कुनै गाह्रो छैन । तर यसको लागि हामी व्यबस्थित भएर लाग्नुपर्ने हुन्छ । सबैले सकरात्मक भूमिका निर्वाह गर्नुपर्छ । यसको लागि पाटा नेपाल एक्लैले मात्रै गर्ने होइन । यसको लागि नाटा, हान, टानलगायत सबैले मिलेर काम गर्ने हो भने असम्भव भन्ने नै के छ र ?

यो बेला कसले के गर्यो भनेर हेर्ने अवस्था होईन । होस्टेमा हैंसे गरेर अगाडि बढ्नु पर्ने बेला हो । र हामी त्यो गर्न तयार छौं । सबै मिलेर अगाडि बढेन भने हाम्रो लक्ष्य जुन छ, त्यो पूरा गर्न सक्दैनौं । हाम्रा नेताहरुले बोली हाल्नु भो २० लाख पर्यटक २०२० भनेर । यो चुनौती त हामी नीजि क्षेत्रले स्वीकार गर्यौं नि, अब यसलाई पुरा पनि त गनु पर्यो । २० लाख पुर्याउ, भएन भने १५ लाख पुगे पनि ठूलो उपलब्धि हो । ताक्ने तारा हो हामीले तर चन्द्रमामा पुगे पनि उपलब्धि मान्नुपर्छ भन्ने मेरो भनाई हो ।

२० लाख पर्यटक ल्याउन कुनै गाह्रो छैन भनेर भन्नु भो तर यहाँको पूर्वधारको अवस्था त नाजुक छ । यस्तो अवस्थामा निर्धारित लक्ष्य भेटाउन सकिन्छ त ?

नेपालमा ह्युमन रिर्सोसको कमी छ । नेपालीहरु कडा मिहनेत गर्न तयार छन । हामीलाई समस्या भनेको विमानस्थलको हो । र अर्को समस्या भनेको सडक यातायात नै हो । सरकारले विस्तारै पूर्वधारको ब्यवस्था त गर्ला नै । तर, हामी चाहि के गर्छौं भने नेपाल, भारत र चीन (नाईस) एक्सपो गर्ने तयारी गरेका छौं । अहिले ग्लोबल्ली आर्थिक समस्या यति नाजुक छ की अब अन्तरराष्ट्रिय ट्राभलरहरु त्यति यताउता गर्दैनन् । चाईनिजहरु अलिअलि गर्लान । तर उनीहरु जाने भनेको युरोप अमेरिका हो । अनि भारतीयहरु घुम्न जाने भनेको युरोप, पेरिस, अमेरिकालगायतका क्षेत्रमा नै हो ।

नेपाल आउने पर्यटक भनेको न्यून मात्रै हो । त्यसैले हामीले नाईसलाई ध्यान दिएको हो । उनीहरुले मुम्बईबाट बेजिङलगायतका क्षेत्रमा १२÷१५ सय भारतीय रुपैयाँमा राउण्डट्रिप गरिरहेको छ । केही समय अगाडि भारतमा जाँदा त्यहाँको जयपुर, जोधपुर विमानस्थलहरुमा चिनियाँ पर्यटकले भरिभराउ छन । होटलहरु पनि त्यस्तै, भन पछि पर्यटक त रहेछन नि हैन ? यसलाई कसरी नेपाल ल्याउने ? भारतीय पर्यटकलाई सम्झाउन सजिलो छ । तर, चिनियाँ पर्यटकलाई सम्झाउन कसरत गर्नुपर्छ हामी हाम्रो लक्ष्य भेटाउन सक्छौं ।

तर, नीजि क्षेत्रकै साथीहरुले भारतीय र चिनियाँ पर्यटकमात्रै ल्याएर काम छैन भन्नुहुन्छ नि ?

पछिल्लो एक बर्षमा मेरो आफ्नै ट्राभल एजेन्सीजले १ सयभन्दा बढी चिनियाँ पर्यटक भित्र्याएको छ । उनीहरु द्धारिका, ताज सफारीमा बसेको छ । भने पछि उनीहरु चानचुने पर्यटक त हैन । उनीहरुलाई हाईक्लास पर्यटकनै मान्नुपर्छ । पाटाले ल्याउने पर्यटक हाईक्लासकै हुन्छन र संधै क्वालिटीकै पर्यटक ल्याउने प्रयास हुन्छ । होला विदेशमा पनि एयरफेयर सस्तो होला तर होटलहरु महंगो नै हुन्छ । हाम्रोमा एयरफेयर महंगो छ तर होटलहरु सस्तो छ भन्ने मलाई लाग्छ ।

भारतीय पर्यटकको तुलनामा चिनियाँ पर्यटकहरु बढी छन जुन खर्च गर्नमा कन्जुस्याई गर्ने । हामी त्यस्ता पर्यटकलाई ध्यान दिँदैनौ हाम्रो उद्देश्य भनेको बढी खर्च गर्ने पर्यटक ल्याउनुमा नै हुन्छ । त्यस्तो पर्यटकको लागि हामीले मार्केटिङ गरेका छैनौं । र त्यस्ता पर्यटकलाई पाटाले ह्याण्डलिङ गर्दैनौं । हामीले हाईक्लास पर्यटकलाई मात्रै प्राथमिकता दिने छौं ।

प्रतिक्रिया दिनुहोस्
MBL