Logo

नवनियुक्त उद्योगमन्त्री भट्टले भने, समयको मागअनुसार काम गर्छु

नवनियुक्त उद्योगमन्त्री भट्टले भने, समयको मागअनुसार काम गर्छु



काठमाडौं । नवनियुक्त उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले समयको मागअनुसार नै आफुले काम गर्ने बताएका छन । मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले अघिल्ला मन्त्रीले गरेका कामलाई निरन्तरता दिँदै समयको मागअनुरुप नयाँ काम अघि बढाउने प्रतिवद्धता जाहेर गरेका हुन । यसअघि आपुर्ति मन्त्री भईसकेका उनको मन्त्रालयमा दोस्रोपटक इन्ट्री हो ।

मन्त्री पदको पदभार ग्रहण गर्दै उनले यसअघि पनि आफुसँग केही अनुभव भएको र सोही अनुसार मन्त्रालयको काम अघि बढाउने बताए । बुधबारको मन्त्रिपरिषदले उद्योगमन्त्री मातृका यादवलाई हटाएर उनलाई मन्त्रीको जिम्मेवारी दिएको हो । उनले बिहीबार नै राष्ट्रपतिसमक्ष सपथग्रहणसमेत गरेका छन । 


प्रतिक्रिया दिनुहोस्
MBL