Logo

तत्काल पीडीएनए तयार गर्न अर्थ समितिको निर्देशन, अर्थमन्त्री सहितको बैंठक बस्दै

तत्काल पीडीएनए तयार गर्न अर्थ समितिको निर्देशन, अर्थमन्त्री सहितको बैंठक बस्दै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२४ जेठ, काठमाडौं । व्यवस्थापिका–संसद, अर्थ समितिले भूकम्पबाट भएको क्षति र पुनर्निर्माणको लागि आवश्यकताको मूल्याकङ सम्बन्धी प्रतिवेदन (पीडीएनए) तत्काल तयार गर्न निर्देशन दिएको छ । समितिको आज वसेको बैंठकले नेपाल सरकार र राष्ट्रिय योजना आयोगलाई सो प्रतिवेदन तयार गर्न दिर्नेशन दिएको हो ।

नेपाल सरकारद्वारा आयोजना गर्न लागिएको नेपालका विकास साझेदार राष्ट्र र दातृ निकायहरुसँगको अन्तरराष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिने प्रस्ताव लगायतका अन्य तयारी तत्काल गर्न निर्देशन दिएको छ । साथै, राष्ट्रको पुनर्निर्माणमा अन्तरराष्ट्रिय समुदायबाट महत्वपूर्ण सहयोग प्राप्त हुने गरी सम्मेलनलाई उपलब्धिमूलक रुपमा सफल बनाउन समेत निर्देशन दिएको छ ।

राष्ट्रिय विपत्तिको बेलामा अनावश्यक विदेश भ्रमण, सरकारी साधन, स्रोतहरुको प्रयोग, भोजभतेर जस्ता साधारणतर्पmको फजुल खर्च नियन्त्रण विषयमा समितिले यस अधि दिएको निर्देशन कार्यान्वयन नभएको भन्दै त्यसलाई पुनः कार्यान्वयन गर्न समते निर्देशन दिएको छ ।

हाल सरकारले तयार गर्दै गरेको पीडीएनका सम्बन्धमा भूकम्प प्रभावित जिल्लाबाट प्रतिनिधित्व गर्ने व्यवस्थापिका–संसदका सदस्यहरु सहित अर्थ मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव लगायतको बैंठक बोलाएको छ । सो बैंठक यही जेठ ३० गते बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL