Logo

अर्थमन्त्रीको पीए रमेशले दिए राजीनामा, केसीलाई कारवाही गर्न माग

अर्थमन्त्रीको पीए रमेशले दिए राजीनामा, केसीलाई कारवाही गर्न माग


रामराजा श्रेष्ठ
27
Shares

रामराजा श्रेष्ठ

१८ जेठ, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतका स्वकीय सचिव रमेश महतले पदबाट राजीनामा दिएका छन् । गत हप्ता आफूमाथी जस्तापाता बेच्न लागेको आरोप लागेपछि सो विषयमा सत्यतथ्य छानविनको माग सहित राजीनामा दिएका हुन् । ‘म माथी पार्टीकै जिल्ला समापति लगायतका केही व्यक्तिहरुले जस्तापाता बेच्न लागेको भन्दै अनावश्यक आरोप लगाए,’ महतले भने, ‘उक्त घटनाको वारेमा आवश्यक छानविन गर्न सहज होस भनेर राजीनामा दिएका हुँ ।’ उनले डा. महत अर्थमन्त्री भएसँगै निजी सचिवालय सम्हाल्दै आएका थिए ।

जस्तापाता बेच्न खोजेको भन्दै आफ्नै पार्टीका जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले अनावश्यक लाञ्छना  लगाई आफूमाथी दुस्प्रचार गरेको भन्दै उनी माथी पनि कारवाही गर्न पार्टी केन्द्रिय कार्यालयमा निवेदन दर्ता गराएका छन् । ‘आफूमाथी छानविन गर्न सजिलो होस भनेर आजैका मितिदेखि लागू हुनेगरी अर्थमन्त्री समक्ष राजीनामा दिएको छु भने छानविनका लागि पार्टी केन्द्रिय कार्यालमा पनि निवेदन पेश गरेको छु,’ उनले भने, ‘यस विषयमा सत्यतत्थ्य वाहिर ल्याएर कारवाही गर्न सक्नुपर्छ ।’ साथै, सो विषयमा अर्थमन्त्री डा. महतलाई पनि मुछ्न खोजेको भन्दै आपत्ति प्रकट गरे ।

यस्तै, नुवाकोटका सभासद् बहादूर सिंह लामाले जिल्लामा वितरण गर्न लगेको जस्तापाता काठमाडौंमा लगेर बेच्न लाग्यो भनेर सोच्नु समेत पनि अपराध भएको बताए । ‘आजसम्म कसैले पनि नुवाकोट लगेर काठमाडौं जस्ता बेच्न ल्याएका छैनन्,’ उनले भने, ‘तर, जिल्लाको आफ्नै पार्टीका सभापति केसीले आफ्नै सचिव रमेश माथी अनावश्यक लाञ्छना लगाएर दुस्प्रचार गर्न खोजे ।’ अव पार्टीले यस विषयमा छिटो छानविन गरी दोषी माथी कारवाही गर्नुपर्ने बताए । जास्तापातको विषयलाई लिए जिल्ला पार्टी सभापति केसीले नकारात्मक काम गरेको समेत उनले बताए ।

रमेश माथी अग्रीम रुपमा योजना बनाएर फसाउन लागिएको समेत लामाको आरोप छ । ‘जुन ठाउँमा जस्तापाता बोकेको गाडी समातिएको छ त्यो स्थानमा फ्लेक्स प्रिण्ट बनाउने ठाउँ नै छैन,’ उनले भने, ‘तर, त्यहाँ ड्राइभरले खाना खान लागेको समयमा गाडी आफ्नो नियन्त्रणमा लिएर तत्तकाल फ्लेक्स प्रिण्ट टासिएको छ । यो नै रमेशलाई फसाउनका लागि गरिएको एक उदाहरण हो ।’

यस्तै एक व्यवसायीले भने आगामी असार १० हुन लागेको सहायता सम्मेलनलाई भाजो हाल्नका लागि अर्थमन्त्री डा. महत र रमेशमाथी लाञ्छना लगाउने काम भइरहेको बताए । ‘सहायता सम्मेलनको संयोजकको काम अर्थमन्त्रीले गर्ने भएकाले उनलाई अनावश्यक आरोप लगाएर बञ्चित गर्न खोजिएको छ,’ उनले भने । आगामी दिनमा रमेश जिल्लोको पार्टी सभापतिमा उठ्न लागेको र उनलाई फसाउनका लागि केसीहरुले सो कार्य गरेको समेत उनको भनाइ थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL