Logo

नेपालमा ‘बिग बोस’ संचालनमा रोक, एंडेमोल शाइन इन्डियाको आईम्याक्स प्रोडक्सनलाई चेतावनी

नेपालमा ‘बिग बोस’ संचालनमा रोक, एंडेमोल शाइन इन्डियाको आईम्याक्स प्रोडक्सनलाई चेतावनी



काठमाडौं । भारतको एक उत्कृष्ट कार्यक्रम उत्पादक एंडेमोल शाइन इन्डियाले नेपालमा बिग बोसको संस्करण ‘बिग बोस नेपाल’ सञ्चालनमा रोक लगाएको छ । शाइन इन्डियाले विश्वभर बिग ब्रदरकोे अधिकार एंडेमोल शाइन ग्रुपसँग रहेको बताउँदै उक्त अधिकार आईम्याक्स प्रोडक्सनलाई नदिएको जानकारी दिएको छ ।

तर आईम्याक्सका सीईओ अर्जुन नरसिंह केसीले भने १८ अप्रिल २०१९ मा पत्रकार सम्मेलन गर्दै एंडेमोल शाइन ग्रुपसँग सहकार्य गरेको बताए पनि उक्त सहकार्य झुटो भएको बताएको छ । कम्पनीले बिग बोस तथा बिग ब्रदरको कपीराईट एंडेमोल शाइन ग्रुपसँग रहेको र आईम्याक्स प्रोडक्सनलाई आफुहरुले लाइसेन्स् प्रदान नगरेको दावी गरेको छ ।

आईम्याक्सले भने शाइन ग्रुपको लोगो ब्यानरमा राखेको आईम्याक्स प्रोडक्सनले प्रयोग गरेको ट्रेडमार्क ‘आखाँ’ बिना कुनै अनुमति बिग बोसको ओर्जिनल ट्रेडमार्कबाट चोरेको आरोप लगाएको छ । शाइन इन्डियाले आईम्याक्स प्रोडक्सनलाई माफी माग्न र बिग बोस वा बिग ब्रदरका ढाँचा बारे कुनै कार्यक्रम नबनाउन वा प्रशारण नगर्न समेत चेतावनी दिएको छ ।

सिइओ केसीले भने आफूहरु बिग बोसको लाइसेन्स् होल्डर रहेको अफवाह फैलाउँदै आएको कुरा शाइन इन्डिया तथा एंडेमोल शाइन ग्रुपले तथ्य फेला पारेको बताएको छ ।

एंडेमोल शाइनले केसीले आफु बिग बोसको लाइसेन्स् होल्डर रहेको पुष्टी गर्न त्यसको फम्र्याटमा बनाएको गलत कागजपत्रहरु हात पारेको छ । उक्त झुटो कागजातहरुमा एंडेमोल शाइन ग्रुपको सर्टिफिकेट र सुत्र मोड्लिङ तथा आर्ट क्रेसनबीचको फ्रयान्चाइज सम्झौता रहेको छ ।

केसीले एंडेमोल शाइन ग्रुपको सीईओ तथा एंडेमोल शाइन ग्रुपका अन्तरराष्ट्रिय बिजनेस तर्फको सीईओको नक्कली हस्ताक्षर समेत गरेको बताइएको छ ।

शाइन ग्रुपले उक्त कागजातहरु झुटो भएको ठहर गरेको छ र कुनै व्यक्ति, फर्म वा कम्पनी एंडेमोल शाइनको फम्र्याट वा ट्रेडमार्कको प्रयोग गरेर कुनै पनि प्रकारको बिग ब्रदर जस्ता शो निर्माण, सहभागीता, निर्माण लगायतका कार्य गरेमा यसको जिम्मेवार उनीहरुनै हुने र परिणाम पनि उनीहरु स्वयमले बेहोर्नु पर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL