Logo

बारा पर्सामा हावा हुरीबाट मृत्यु हुनेको संख्या ३१ पुग्यो, मृतक परिवारलाई ३ लाख दिने प्रदेश सरकारको घोषणा

बारा पर्सामा हावा हुरीबाट मृत्यु हुनेको संख्या ३१ पुग्यो, मृतक परिवारलाई ३ लाख दिने प्रदेश सरकारको घोषणा



काठमाडौं । आइतबार साँझ आएको हावाहुरीले ज्यान गुमाउने संख्या ३१ पुगेको छ । पानीसँगै आएको हावा हुरीबाट बारा र पर्सामा ज्यान गुमाउनेको संख्या ३१ पुगेको हो ।

laxmi


हावा हुरीले हालसम्म ३१ जनाले ज्यान गुमाएको तथ्याङ्क प्राप्त भएपनि ठूलो मात्रामा हताहत भएको प्रहरीले जानकारी दिएको छ । जसबाट ६ सयभन्दा बढी मानिसहरु घाइते भएका छन् ।


एकैपटक ठूलो मात्रामा घाईते भएसँगै उपचारका लागि डाक्टर तथा रगतको समे अभाव भएको छ ।
यसैबीच प्रदेश २ नम्बर सरकारले हावाहुरीबाट मृत्यु हुनेबो परिवारलाई ३ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । प्रदेश २ सरकारले आपत्कालिन रुपमा मन्त्रिपरिषद्को बैंठक बस्दै तत्कालका लागि राहत स्वरुप उक्त रकम उपब्ध गराउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL