Logo

किसानलाई उखुको भुक्तानी नदिएको आरोपमा ईन्दिरा सुगरमिलका संचालक पक्राउ, ४७ करोड रुपैयाँ तिर्न बाँकी

किसानलाई उखुको भुक्तानी नदिएको आरोपमा ईन्दिरा सुगरमिलका संचालक पक्राउ, ४७ करोड रुपैयाँ तिर्न बाँकी


रासस
54
Shares

काठमाडौं । उखु किसानको भुक्तानी नदिएको आरोपमा चिनी उद्योगी राकेश अग्रवाल पक्राउ परेका छन । प्रहरीले काठमाडौँको त्रिपुरेश्वरबाट आज उनलाई पक्राउ गरेको हो ।

अग्रवाल इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासी तथा अन्नपूर्ण सुगर मिल प्रालि सर्लाहीको सञ्चालक हुन । इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासीले ८ करोड ५८ लाख ९६ हजार ४ सय ८१ तथा अन्नपूर्ण सुगर मिल प्रालि सर्लाहीले ३८ करोड ६८ लाख किसानको बक्यौता तिर्न बाँकी रहेको जनाइएको छ ।

कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहमा मङ्गलबार मात्रै गृहमन्त्रालयले पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । उक्त निर्देशन पश्चात उद्योगी अग्रवाललाई आज पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रमुख वसन्त लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL