Logo

दशैमा सेनाको निशुल्क बस सेवा, ८ वटा रुटमा गुड्ने

दशैमा सेनाको निशुल्क बस सेवा, ८ वटा रुटमा गुड्ने



काठमाडौं । नेपाली सेनाले दशैंमा सर्वसाधारणको सहजताका लागि बस सेवा संचालन गर्ने भएको छ ।

सेनाले टिकको दिन राजधानीमा अन्य सवारीसाधन कम चल्ने भन्दै कार्तिक २ गते काठमाडौं उपत्यकामा सबैको सुविधाका लागि बस सञ्चालन गर्न लागिएको हो ।

सेनाले संचालन गर्ने उक्त बस उपत्यकामा विहान विहान ७ बजे, ११ बजे र दिउँसो ३ बजे भद्रकालीबाट छुट्ने छ । पहिलो रुट भद्रकाली (माइतीघर (बानेश्वर (कोटेश्वर (एकान्तकुना (बल्खु (किर्तिपुर (कलकीं (कालीमाटी (त्रिपुरेश्वर (रत्नपार्क रहेको छ । त्यस्तै दोस्रो रुट भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानिलकण्ठ, बालाजु, सोह्रखुट्टे, कान्तिपथ, माइतीघर रहेको छ ।

तेस्रो रुट भद्रकाली माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, कलङ्की, थानकोट, स्वयम्भू, छाउनी, ताहाचल, टेकु, थापाथली लगायत ८ वटा रुटमा बस सेवा संचालन गर्ने सेनाले जानकारी दिएको छ ।

त्यस्तै सेनाले दशैं मनाउन घर जाने सकल दर्जा तथा निजका आश्रित परिवारहरुको हितको लागि २५ गतेबाट ३१ गतेसम्म काठमाडौबाट दोलखा, इटहरी, रामेछाप, पोखरा, बुटवल, गोरखा, धादिङ, चौतारा, हेटौडा नारायणगढ, सिराहा (राजविराज जान तथा आउने निशुल्क बस सेवा संचालन गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL