Logo

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्षले गरे पदास्थापन, अस्वस्थ प्रतिशपर्धा अन्त्य गर्ने प्रतिवद्धता

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्षले गरे पदास्थापन, अस्वस्थ प्रतिशपर्धा अन्त्य गर्ने प्रतिवद्धता


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका नवनिर्वाचित केन्द्रिय अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले पदास्थापन गरेका छन ।

यसै अवसरमा उनले आफ्नो कार्यकालमा प्रत्येक बर्ष महासंघको साधारण सभा गर्ने घोषणा गरेका छन ।

चितवनमा सम्पन्न महासंघको ५ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको पदास्थापन कार्यक्रममा उनले सो कुराको खुलासा गरेका हुन ।

उनले सबै नवनिर्वाचित पदाधिकारीहरुलाइ स्वागत तथा वधाई दिँदै हरेक पदाधिकारीहरुले आ आफ्नो ठाउँमा गएर काम गर्ने तथा काम गरेको दस्तावेज बनाएर महासंघमा पेश गर्नुपर्ने आदेश दिएका छन ।

यसका साथै उनले आफ्नो कार्यकालमा महासंघको अस्तित्व जोगाउन आफु जस्तोसुकै समस्याको सहन गर्ने बताएका छन ।

उनले यातयात व्यवसायी – व्यवसायी विचको अस्वस्थ प्रतिस्पर्धा पनि अन्त्य गर्ने प्रतिवद्धता जाहेर गरेका छन । यसका साथै कार्यक्रममा वोल्दै महासंघका पुर्व अध्यक्ष डोलनाथ खनालले आफु यातायात व्यबसायीको हरेक समस्यामा साथ दिने बताउदै सरकारले यातायातका साधनको भाडा बढाउने कुरामा आनाकानी गरेकोमा आपत्ति जनाए । सो अवसरमा उनले महेन्द्रनगरको बसपार्कलाइ भुतपुर्व अध्यक्ष स्वर्गिय दिनेश भण्डारीको नामबाट खोलिनुपर्नेमा जोड दिए ।

महासंघको पाँचौ महाधिवेसनमा ९३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको थियो । जसमा ३ जना बरिष्ठ उपाध्यक्ष र ७ जना उपाध्यक्षलगायतको समिति रहेको छ । उक्त समितीले शुक्रबार काठमाडौंको सोल्टी होटलमा शपथ ग्रहण सहित पदास्थापन गरेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL