Logo

सवारी चालक अनुमतिपत्र छपाइ–वितरण अनिश्चितकालका लागि स्थगित, तोडफोडले उपकरण क्षतिग्रस्त

सवारी चालक अनुमतिपत्र छपाइ–वितरण अनिश्चितकालका लागि स्थगित, तोडफोडले उपकरण क्षतिग्रस्त



काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० छपाइ तथा वितरण सेवा अनिश्चितकालका लागि स्थगित भएको जनाएको छ।

आइतबार जारी गरिएको सूचनामा विभागले अर्को सूचना नआएसम्म लाइसेन्स छपाइ, वितरण तथा सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहने स्पष्ट पारेको छ।

विभागको विज्ञप्तिमा भनिएको छ, ‘सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्ता सम्बन्धी सेवा अवरुद्ध हुन पुगेको विषम परिस्थितिमा अर्को सूचना नभएसम्मका लागि सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण लगायतका सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहनेछ।

गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा विभागको संरचना तोडफोड, आगजनी तथा चोरी–लुटपाट हुँदा छपाइ मेशिन, सर्भर र अन्य इलेक्ट्रोनिक उपकरणमा क्षति पुगेकोले सेवा अवरुद्ध भएको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्