Logo

निगमको वेवास्ताका कारण ग्यास अभाव, तौलमा समेत कमि

निगमको वेवास्ताका कारण ग्यास अभाव, तौलमा समेत कमि


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१० फागुन, काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल आयल निगमले खाना पकाउने ग्यास सहज आपूति गराउन नचाहेको आरोप लगाएको छ । आज भएको व्यवस्थापिका–संसद्को उपभोक्ता हित तथा वाणिज्य समिति अन्तर्गतको ग्यास आपूति उपसमितिको बैठकमा निगमले स्वचालित प्रणाली लागू गर्न ध्यान नदिएको र भण्डार गरेर राख्नुपर्ने ग्याससमेत सिधै विक्रेताकोमा पठाउने गरेको विभागले आरोप लगाएको छ । जसले गर्दा ग्यास सहज आपूति र्हुन नसक्नुका साथै दीर्घकालीन समस्या समाधान हुन नसेको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए ।

बैठकमा महानिर्देशका पुडासैनीले निगमले स्वचालित प्रणालीलाई कडाइका साथ लागू नगरेको गुनासो बताए । ग्यासको कोटा थप गरी भण्डारण क्षमता बृद्धि नगरेका कारण ग्यासको सहज आपूति हुन नसकेको समेत उनको दावी थियो ।
नीलो रंङको ग्यास सिलिन्डरको प्रयोग व्यवसायी र रातो सिलिन्डर घरेलु प्रयोजनका लागि भनेर तोकिसकेपछि कडाइका साथ कार्यान्वयन ल्याउन अनुगमन र निरीक्षण गर्नुपर्नेमा पुडासैनीको माग थियो । होटल तथा व्यापारीको मनोमानीका कारण खाना पकाउने ग्यासको अभावमा कमी नआएको महानिर्देशक पुडासैनीको दाबी छ ।

पुडासैनीले ग्यासको तौल तथा गुणस्तरमा समेत कमि हुने गरेको जानकारी दिए । प्रतिसिलिन्डर १४ दशमलव २ केजी ग्यास हुनुपर्नेमा ग्यासको प्रयोगशालाको सुधारमा कमीका कारण ४० दखि ५० ग्राम कमी हुने गरेको बताए । साथै, प्रयोगशालाको तत्काल सुधार गर्नुपर्ने आवश्यकता रहेको समेत उनले जानकारी दिए ।

उपसमितिका संयोजक नारायणबहादुर कार्कीले खाना पकाउने ग्यास सहज आपूति र्हुनुका साथै उपभोक्तालाई चुहावटबाट हुने खतरा कम गर्न गुणस्तर तथा नापतौल विभागले अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL