काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न ३४ पदमा १ सय ४० जना कर्मचारी मागेको छ । प्राधिकरणले ११ औं तहको निर्देशकदेखि तेस्रो तहको सहायकसम्मका पदमा कर्मचारी माग गरेको हो ।
प्राधिकरणमा निर्देशक, उपनिर्देशक, प्रवन्धक २, उपप्रवन्धक सहित प्रशासन, सिभिल इन्जिनियर, मेकानिकल इन्जिनियर, एयर ट्राफिक कन्ट्रोलर, लेखा, राजश्व, रोनटिकल इन्जिनियर, एभिएसन फायर सर्भिस लगायतका लागि दरखास्त आह्वान गरेको हो ।
इच्छुक योग्य व्यक्तिले पुस ६ गतेसम्म दरखास्त दिन सक्ने बताइएको छ ।