Logo

विकासको खर्च बढेको अर्थमन्त्रीको भनाई , तिव्रता बढाउन सुझाव

विकासको खर्च बढेको अर्थमन्त्रीको भनाई , तिव्रता बढाउन सुझाव


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
२३ माघ, काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले नेपालले पूर्वाधारको विकासलाई उच्च प्राथमिकता दिएको बताएका छन् । शुक्रवार नेपाल भ्रमणमा रहेको बेलायतका सांसदहरुको प्रतिनिधिमण्डलसँग अर्थमन्त्रालयमा कुराकानीका क्रममा यस्तो बताएका हुन् ।

laxmi

सो अवसरमा अर्थमन्त्री डा महतले ठूला पूर्वाधारका साथै ग्रामीण सडक, उर्जा, सिंचाईलगायत क्षेत्रमा प्राथमिकता दिइएको र लगानी बढाइएको जानकारी दिए ।

उनले बिगत बर्षहरुको तुलनामा विकासका कामहरुमा तिब्रता आएको र विकास खर्च गत बर्षको तुलनामा ५१ प्रतिशतले बढेको तथ्यांक प्रस्तुत गरे । साथै अझै पनि विकास निर्माणका कामहरुलाई तीब्र रफ्तारमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताए ।
‘यसका लागि अर्थमन्त्रालयले अन्य मन्त्रालयहरुसँग सुसंयोजन गरी कामको समीक्षा गरिरहेको छ ’ उनले भने ।

 

विकास सहायता नीतिमार्फत अन्तर्राष्ट्रिय सहयोगलाई सरकारको लेखा प्रणालीमा ल्याइएको उनले जानकारी दिए । ‘सानातिना आयोजनाहरु बढी भएको र अनुगमन गर्न झण्झटिलो पनि हुने भएकोले ५० करोडभन्दा बढी रकमका आयोजनाहरुमा मात्र विदेशी सहयोग लिने व्यवस्था गरिएको हो ’ उनले भने । तर प्राविधिक सहयोगमा भने यस्तो सीमा नरहेको उनले जानकारी दिए ।

महतले द्वन्द्वका वावजूद पनि नेपालले सामाजिक तथा मानव सूचकहरुमा उल्लेख्य प्रगति हासिल गरेको जानकारी दिए । साथै करिब दुई दशकको अवधिमा औषत आयुमा बृद्धि भै ५४ बर्षबाट ६९ बर्षमा पुगेको बताए । बेलायतद्वारा सञ्चालित आयोजनाहरुको समीक्षा तथा थप सिफारिस गर्न सांसद तथा बेलायतको संसद अन्तर्गतको अन्तर्राष्ट्रिय विकास समितिका अध्यक्ष माल्कम ब्रुसको नेतृत्वमा आठ सदस्यीय प्रतिनिधिमण्डल हालै नेपाल भ्रमणमा आएको हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL