Logo

उपत्यकामा ग्यास वितरण गर्दै निगम, ७ दिनमा ४७ क्षेत्रका डिलरबाट वितरण गरिने

उपत्यकामा ग्यास वितरण गर्दै निगम, ७ दिनमा ४७ क्षेत्रका डिलरबाट वितरण गरिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१४ माघ, काठमाडौं । नेपाल आयाल निगमले उपभोक्तालाई सहज रुपमा ग्यास उपलब्ध गराउनका लागि आपैmले वितरण गर्ने भएको छ । बजारमा ग्यासको चरम अभाव भएपछि निगमले उपत्यकाका विभिन्न डिलर मार्फत आफ्नै उपस्थितीमा ग्यास वितरण गर्न लागेहो हो । ग्यास विक्रेता महासंघ तथा उद्योगीको सहयोगमा ग्यास वितरण गर्न लागिएको निगमले जानकारी दिएको छ ।

यही माघ १५ गतेदेखि उपभोक्तालाई विभिन्न डिलर मार्फत सहज रुपमा ग्यास वितरण गर्न लागिएको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए । ‘हामीले ७ दिनसम्म विभिन्न छुट्टाछुट्टै स्थानबाट ग्यास वितरण गर्ने छौं,’ उनले भने, ‘सो अवधिमा उपभोक्ताले आफुलाई नजिक पर्ने जुनसुकै स्थानबाट ग्यास लिन सक्नेछन् ।’

निगमले यस अघि पनि बाणिज्य तथा आपूर्ति मन्त्रालय, ग्यास बिक्रेता महासंघ, नेपाल आयल निगम र उद्योगीको सयुक्त प्रयासमा नेशनल ट्रेडिङबाट उपभोक्तालाई ग्यास वितरण गरेको थियो । त्यसरी वितरण गर्दा उपभोक्तालाई सहज रुपमा दिन नसकिएपछि उपत्यका भरीका विभिन्न ४७ स्थानबाट वितरण गर्न लागिएको घिमिरे बताउँछन् । जस अनुसार १ दिन बिराएर १५ गतेदेखि २७ गतेसम्म ग्यास वितरण गरिने छ ।

gas-list

 

निगमका अनुसार पहिलो दिन नयाँ वानेश्वर, कोटेश्वर, वत्तिसपुतली, शंखमूल, माइतीघर, बुद्धनगर, ववरमहललगायतका क्षेत्रमा वितरण गरिने छ । उपभोक्ताले आफुलाई नजिक पर्ने त्यस क्षेत्रका जुनसुकै विक्रेताबाट ग्यास लैजान सक्नेछन् । तर, आफुसँग जुन कम्पनीको सिलिण्डर छ सोही कम्पनीको ग्यास मात्र लैजान पाउने निगमले जानकारी दिएको छ ।

निगमका अनुसार १ घरलाई १ सिलिण्डर ग्यास मात्र दिइने छ । १ सिलिण्डर ग्यासले तत्कालको समस्या समाधान हुने भएकाले उक्त व्यवस्था गरिएको घिमिरे बताउँछन् । विक्रेताले ग्राहकको नाम र फोननम्बर लिएर मात्र ग्यास विक्री गर्नुपर्ने छ ।

व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको मंगलबार बसेको बैंठकमा निगमले नेशनल ट्रेडिङबाट मात्र ग्यास वितरण गरेर उभोक्ताको विजोग बनाएको भन्दै अन्य स्थानबाट पनि वितरण गर्नुपर्ने बताएको थियो । समितिको उक्त निर्देशन पछि निगमले ग्यास वितरणलाई प्रभावकारी बनाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL