Logo

भुकम्प पिडितलाई प्राधिकरणले भन्यो, घर बनाउनुस हामी एकमुष्ठ रकम दिन्छौं’

भुकम्प पिडितलाई प्राधिकरणले भन्यो, घर बनाउनुस हामी एकमुष्ठ रकम दिन्छौं’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल पुनर्निमाण प्राधिकरणले भुकम्प पिडितलाई सरकारले दिने सहयोग रकम नपर्खि यथासक्दो छिटो घर निर्माण गर्न आग्रह गरेको छ । तत्काल प्राधिकरणले उपलब्ध गराउने रकम नपाएको अवस्थामा पनि मापदण्ड अनुरुपको घर बनाउने परिवारलाई प्राधिकरणले एकमुष्ठ रकम भुक्तानी गर्ने भएको छ ।

पुनर्निर्माणको महान अभियानलाई सहज र सरल बनाउने उद्देश्य अनुरुप भुकम्प पिडिलाई सरकारले उपलब्ध गराउने अनुदान रकम एकमुष्ठ प्रदान गर्न लागिएको प्राधिकरणले जानकारी दिएको छ । ‘पुनर्निर्माणमा दक्ष जनशक्तिको अभाव, सहयोग रकम परिचालनमा कर्मचारी अपुगजस्ता कारणले गर्दा समयमै रकम भुक्तानी गर्न सकिएको छैन,’ प्राधकिरणद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘भुकम्प पिडितका लागि अग्रीम रुपमा १५ अर्ब रुपैयाँ निकासा भइसकेृको र आफैले घर बनाउने पिडितलाई तत्काल एकमुष्ठ रकम सलर र सहज रुपमा प्रदान गरिने छ ।’

साथै, दुर्गम क्षेत्र, बिपन्न बर्ग, एकल महिला, दलित, नाबालक सन्तानमात्र भएका एकल महिला, ७५ वर्ष नाघेका जेष्ठ नागरिक तथा अपाङ्गता भएका एकल व्यक्तिका लागि जिल्ला आवास पुनर्निर्माण समितिको समन्वयमा पुनर्निर्माण सम्बन्धी मापदण्ड अनुरुप ५० हजार रुपैयाँसम्म आर्थिक सहयोग तथा मापदण्ड अनुरुपको घर बनाउन पुग्ने प्राविधिक सहयोग वा दुबै उपलब्ध गराउन विभिन्न संघसंस्थालाई अनुरोध गरेको छ । साथै एक किस्ता लिइसकेका व्यक्तिले दोस्रो किस्ता नलिई आफैले घर बनाएको खण्डमा सरकारले दिनुपर्ने सबै रकम एकमुष्ठ भुक्तानी गरिदिने समेत प्राधिकरणले जानकारी दिएको छ ।

 

reconstruction

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL