काठमाडौं । मुलुकका विभिन्न भागमा जारी आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भएपछि सरकारका उच्च अधिकारीहरूले आम नागरिकलाई संयमित हुन आग्रह गरेका छन्।
प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको अवस्थामा थप जनधनको क्षति हुन नदिन आग्रह गर्दै राजनीतिक संवादमार्फत छिटो समाधान निकाल्न अपिल गरिएको हो।
अपिलमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते र पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गरिएको छ।
अपिलमा हस्ताक्षर गर्ने उच्च अधिकारीहरूमा नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल, नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देल, गृहमन्त्री सचिव गोकर्णमणी दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक हुतराज थापा रहेका छन्।