Logo

नेपालमा लगानी बनाउन विश्वबैंक प्रतिनिधिसँग अर्थमन्त्रीको भेट, नेपाललाई सहुलित ऋण बढाइने उपाध्यक्ष डिक्सनको भनाइ

नेपालमा लगानी बनाउन विश्वबैंक प्रतिनिधिसँग अर्थमन्त्रीको भेट, नेपाललाई सहुलित ऋण बढाइने उपाध्यक्ष डिक्सनको भनाइ


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
५ माघ, काठमाडौं । अर्थमन्त्री डा रामशरण महत र नेपाल भ्रमणमा रहेकी विश्व बैंकको दक्षिण एसिया हेर्ने उपाध्यक्ष एनेट डिक्सनबीच नेपालमा लगानी गर्ने सम्बन्धमा छलफल भएको छ । सोमबार मन्त्रालयमा भएको भेटमा सो विषयमा छलफल भएको छ ।
सो अवसरमा अर्थमन्त्री डा महतले नेपालको समग्र आर्थिक अवस्था सन्तोषजनकरुपमा अगाडि बढिरहेको जानकारी गराएका थिए । नेपालको आवश्यकता, योजना र प्राथमिकता अनुसार सहयोग गर्ने बैंकको चार बर्षे रणनीतिका बारेमा सन्तुष्टि व्यक्त गर्दै उनले आगामी दिनमा बैंकलाई उर्जा तथा पूर्वाधार क्षेत्रमा सहयोगको थप आवश्यकता रहेको बताए ।

नेपालले सन २०२२ सम्ममा विकासशील मुलुकको दाँजोमा पुग्ने लक्ष्य रहेको उल्लेख गर्दै यसका लागि नेपाललाई पूर्वाधारका क्षेत्रमा ठूलो लगानी आवश्यक भएको जानकारी गराएका थिए । ‘नेपालले सामाजिक क्षेत्र र आर्थिक संवेदनशीलताका क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेपनि प्रतिव्यक्ति आम्दानीका दृष्टिले अझै धेरै काम गर्नुपर्ने आवश्यकता छ,’ उनले भने ।

world bank-ramsharan-mahat

भारतसँग भएको विद्युत व्यापार सम्झौता र सार्क सम्मेलनताका भएको प्रसारण लाइन जोड्ने सम्झौताले नेपालमा लगानी गरी उत्पादन हुने बिजुलीको दक्षिण एसियाको बजार सुरक्षित भएको बताउँदै यस क्षेत्रमा लगानीको वातावरण सिर्जना भएको जानकारी गराएका थिए ।

सो अवसरमा बैंकका दक्षिण एसियाका उपाध्यक्ष डिक्सनले ऋण भुक्तानीसम्वन्धी नेपालको क्षमता बढेको कारणले अनुदान घटेको बताइन् । तर, नेपालले विश्व बैंकबाट प्राप्त गर्ने सहुलियतपूर्ण ऋणको आकार बढ्ने भएकोले समग्रमा बढी रकम पाउने र ऋण लिएको मिति तथा भुक्तानी मितिबीचको पैसाको मूल्य हिसाव गर्दा अझ बढी लाभ हुने उनको भनाइ थियो ।

rahsharan-worldbank

सो अवसरमा अर्थमन्त्रालयका सचिव सुमनप्रसाद शर्माले उर्जाको अभाव नेपालको सबैभन्दा ठूलो समस्या भएको उल्लेख गर्दै यस क्षेत्रमा हुने सहयोग विनियोजनलाई छिटो कार्यान्वयनमा लैजानुपर्ने बताएका छन् । त्यसैगरी, नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय प्रतिनिधि जोहानेस जुटले नेपालले अहिले प्राप्त गर्ने सहुलियतपूर्ण ऋण अन्तर्गत पनि ५५ प्रतिशतसम्म अनुदानको हिस्सा हुने जानकारी दिए ।

कार्यक्रममा अर्थमन्त्रालयका सहसचिव मधुकुमार मरासिनीले कार्यक्रम तर्जुमा गर्दा अनुदानमा तर अहिले कार्यान्वयन गर्दा ऋणमा भएकोले सौर्यउर्जाको परियोजनामा केही अप्ठेरो भएको बताएका थिए । तीन दिन अघि नेपाल आएकी उपाध्यक्ष डिक्सनले बैंकको सहयोगमा सञ्चालित केही परियोजनाहरुको स्थलगत अवलोकन पनि गरेकी थिइन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL