Logo

सेयर बजारप्रति रूचि छ ? यी हुन् दशैं विदामा पढ्न उपयुक्त सेयर बजारसम्बन्धी १० पुस्तक

सेयर बजारप्रति रूचि छ ? यी हुन् दशैं विदामा पढ्न उपयुक्त सेयर बजारसम्बन्धी १० पुस्तक



काठमाडौं । पछिल्लो समय सेयर बजारप्रति रुचि नहुनेको संख्या कमै होला । यसको स्पष्ट उदाहरण पछिल्ला केही वर्षमा सेयर बजारमा बढ्दो लगानीकर्ताको संख्या पनि हो । अहिले दशैं शुरु भइसकेको छ दशैंको लामो विदा परिवारसँग रमाइलो गर्ने र आराम गर्ने समय हो । तर, यो फुर्सदको समयलाई उपयोगी बनाउन सेयर बजारको ज्ञान बढाउने अवसर पनि हो । सेयर लगानीमा सफलता प्राप्त गर्नका लागि किताबहरूबाट सिकाइने सिद्धान्तहरूले दीर्घकालीन सोच र धैर्यता सिकाउँछन् । यी किताबहरूले मूल्य लगानी, बजार मनोविज्ञान, जोखिम व्यवस्थापनलगायतका रहस्यहरू खोल्छन् ।

दशैंमा घरमै बस्दा वा यात्रामा यी किताबहरू पढेर लगानीका आधारभूत र उन्नत अवधारणाहरू बुझ्न सकिन्छ, जसले भविष्यमा आर्थिक स्वतन्त्रता प्राप्त गर्न मद्दत गर्छ । विश्वका सफल लगानीकर्ताहरू जस्तै वारेन बफेटले पनि यस्ता किताबहरूबाट प्रेरणा लिएको मानिन्छ । यी किताबहरूले भावनात्मक नियन्त्रण, कम जोखिममा उच्च प्रतिफल र निरन्तर सिकाइको महत्व सिकाउँछन् । दशैंपछि सेयर बजारमा कार्यान्वयन गर्दा लगानीका निर्णयहरू सुधारिन्छन् र आर्थिक लक्ष्यहरू सजिलै हासिल हुन सक्छन् ।

द इन्टेलिजेन्ट इनभेस्टर

यो किताबलाई लगानीको बाइबल पनि मानिन्छ । बेन्जामिन ग्राहमले यसमा लगानीलाई सट्टेबाजीको रुपमा चित्रण गर्न नहुने बताएका छन् । लगानीकर्ताले बजारको उतारचढावलाई बेवास्ता गर्दै कम्पनीको आन्तरिक मूल्यमा आधारित भएर सेयर किन्नु पर्ने कुरालाई जोड दिईएको छ । सुरक्षाको मार्जिनले जोखिम कम गर्छ, जसले दीर्घकालीन सफलता दिन्छ । ग्राहमको सिद्धान्त अनुसार, बजारलाई मिस्टर मार्केट जस्तो मान्नु पर्छ जसले दैनिक फरक मूल्य प्रस्ताव गर्छ, तर लगानीकर्ताले आफ्नो विश्लेषणमा विश्वास गर्नु पर्छ । यो किताबले भावनात्मक नियन्त्रण र धैर्यता सिकाउँछ । वारेन बफेटले यस किताबलाई आफ्नो सफलताको आधार मानेका छन् । यसले सेयर बजारलाई जोखिमपूर्ण नभई अवसरपूर्ण बनाउँछ ।

वन अप अन वाल स्ट्रिट

पिटर लिंचले यस किताबमा सामान्य व्यक्तिले पनि बजारलाई जित्न सक्ने बताएका छन् । उनी भन्छन्, आफूले बुझेका र दैनिक प्रयोग गर्ने उत्पादनहरू भएका कम्पनीहरूमा लगानी गर्नु पर्छ । यसले पेशेवर लगानीकर्ताहरूभन्दा फाइदा दिन्छ किनकि सामान्य व्यक्तिले छिटो अवसरहरू देख्न सक्छन् । किताबले कम्पनीहरुलाई ६ प्रकारमा वर्गीकरण गरेको छ जस्तै द्रुत वृद्धिका कम्पनीहरू जसमा ठूलो प्रतिफल हुन्छ । लिंचले भावनात्मक नियन्त्रण र दीर्घकालीन सोचको महत्व जोड दिएका छन् । यस किताबले लगानीलाई कला जस्तो मानेको छ, विज्ञान होइन ।

द साइकोलोजी अफ मनी

मोर्गन हाउसलले यस किताबमा पैसाको सफलता बौद्धिकताभन्दा व्यवहारमा निर्भर हुने बताएका छन् । उनले आफ्नो पुस्तकमा जोखिमपूर्ण लगानीले भन्दा सम्पत्तिको संरक्षण र यसको सकारात्मक वृद्धिले धनी बनाउने कुरालाई जोड दिएका छन् । किताबले भाग्य र जोखिमको भूमिकामा जोड दिएको छ र दीर्घकालीन सोच बनाउन सिकाउँछ । हाउसलले पुस्तकमा बचत र सन्तुष्टिको महत्व बताएका छन्, जसले आर्थिक स्वतन्त्रता दिन्छ । यस किताबले भावनात्मक निर्णयबाट बच्ने तरिका पनि सिकाउँछ ।

रिमिनिसेन्स अफ ए स्टक अपरेटर

एडविन लेफेभ्रेद्वारा लिखित यो किताबमा जेसी लिभरमोरको जीवनीलाई रिफरेन्स बनाई बजार मनोविज्ञान र जोखिम सिकाईएको छ । किताबले सट्टेबाजीको जोखिम र भावनात्मक नियन्त्रणको महत्व बताउँछ । लिभरमोरले असफलताबाट सिकेर सफलता प्राप्त गरेका छन् । यस किताबले बजारको उतारचढावलाई प्रवाह जस्तो मानेको छ, जसमा धैर्य र अनुशासन चाहिन्छ ।

थिंक एन्ड ग्रो रिच

नेपोलियन हिलले यस किताबमा सफलताका १३ सिद्धान्तहरू बताएका छन् । किताबले तीव्र इच्छा, विश्वास र निरन्तरताबाट सफलता आउने कुरालाई जोड दिएको छ । हिलले धन मात्र होइन, जीवनका सबै क्षेत्रमा सफलता प्राप्त गर्ने तरिका सिकाएका छन् । यस किताबले अटोसजेसन र मास्टरमाइन्ड ग्रपको महत्व बताउँछ ।

कमन स्टक्स एन्ड अनकमन्ड प्रफिट्स

फिलिप फिशरद्वारा लिखित यो किताबमा गुणस्तरीय कम्पनीहरूमा दीर्घकालीन लगानीको महत्व बताइएको छ । किताबले १५ बुँदाहरूबाट कम्पनी मूल्यांकन गर्ने तरिका सिकाउँछ, जसमा व्यवस्थापनको गुणस्तर र अनुसन्धान विकास समावेश छन् । फिशरले पुस्तकमार्फत स्कटलबट विधि सिकाएका छन् जसले कम्पनीको बारेमा विभिन्न स्रोतबाट जानकारी सङ्कलन गर्छ ।

द लिटल बुक अफ कमन सेन्स इनभेस्टिङ

जोन बोगलले यस किताबमा इन्डेक्स फन्डबाट औसत प्रतिफल प्राप्त गर्ने तरिका बताएका छन् । किताबले सक्रिय लगानीभन्दा निष्क्रिय लगानी राम्रो हुने प्रमाणित गर्छ किनकि कम शुल्क र विविधीकरण हुन्छ । बोगलले लागतको महत्वलाई पुस्तकमार्फत विशेष जोड दिएका छन् । यस किताबले साधारण लगानी सिद्धान्तहरू सिकाउँछ ।

सेफ हेभन

मार्क स्पिट्जनागेलले यस किताबमा जोखिम न्यूनीकरणबाट उच्च प्रतिफल प्राप्त गर्ने कला सिकाएका छन् । किताबले जियोमेट्रिक रिटर्नको महत्वलाई जोड दिएको छ र सेफ हेभन सम्पत्तिहरूले पोर्टफोलियो सुरक्षित गर्ने सिकाउँछ । स्पिट्जनागेलले लागत प्रभावी जोखिम व्यवस्थापन सिकाएका छन् । यस किताबले बजारमा देखापर्ने दूर्घटनाबाट बच्ने तरिका बताउँछ ।

द धन्डो इनभेस्टर

मोहनिश पाब्राईले यस किताबमा ‘हेड्स आई विन, टेल्स आई डोन्ट लुज मच’ सिद्धान्त बताएका छन् । किताबले पटेल समुदायको व्यवसायबाट प्रेरणा लिएर कम जोखिमका अवसरहरू खोज्ने तरिका सिकाउँछ । पाब्राईले सरल व्यवसायहरूमा लगानी गर्ने जोड दिएका छन् । यस किताबले मूल्य लगानीको ढाँचा दिन्छ ।

जोय्स अफ कम्पाउन्डिङ

गौतम बैदले यस किताबमा चक्रवृद्धि वृद्धिबाट सम्पत्ति बढाउन सकिने बताएका छन् । किताबले निरन्तर सिकाइ र मूल्य लगानीको महत्वलाई विशेष जोड दिएको छ । बैदले भावनात्मक नियन्त्रण र दीर्घकालीन सोच सिकाएका छन् । यो किताबले जीवनका विभिन्न क्षेत्रमा चक्रवृद्धि लागू गर्ने सिकाउँछ ।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This