काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्षबाट राजीनामा दिएकी छिन् । जेन–जी आन्दोलनको क्रममा यो स्कुल जलाईएको थियो । आरजुको लगानी भनेर प्रचार गरिएपछि स्कुल आन्दोलनकारीहरुको निशानामा परेको थियो ।
तर, स्कुलले यसमा आरजुको कुनै लगानी नभएको भनेर विज्ञप्तीमार्फत स्पष्ट पारिसकेको छ । हालै बसेको अभिभावकहरुको बैठकमार्फत आरजुले स्कूल व्यवस्थापन समितिको अध्यक्षबाट राजीनामा दिएकी हुन् । आरजु स्वयम आन्दोलनकारीको निशानामा परिन् । उनीमाथि भौतिक रुपमा नै हमला भएको थियो ।
लामो समयको अस्पतालको उपचारपछि आरजु र उनका पति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डिस्चार्ज भई ललितपुरमा भाडाको घरमा बसिरहेका छन् । योबीचमा देउवा दम्पतिले गत असोज ३ गते सार्वजनिक बिदाको दिन नयाँ पासपोर्ट बनाएको र थाइल्याण्डको भिसा लिएको समाचार आएका छन् ।