Logo

सुनको मूल्यमा १२ सयको वृद्धि, चाँदीको मूल्य पनि उकालो

सुनको मूल्यमा १२ सयको वृद्धि, चाँदीको मूल्य पनि उकालो



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख २२ हजार ५ सय रुपैयाँ कायम भएको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले बढ्दै २ हजार ७ सय ४० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार नेपाली बजारमा चाँदी प्रतिोला २६ सय ८५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This