काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचकमा नकारात्मक सर्किट लागेर दोस्रोपटक बन्द भएको छ । कारोबार समयको पहिलो ५ मिनेटमै ४ प्रतिशतको गिरावट आउँदा २० मिनेटका लागि बन्द भएको बजार पुनः खुलेको १ मिनेटमै ५ प्रतिशतले घट्दा दोस्रोपटक कारोबार स्थगित भएको हो ।