Logo

मानव अधिकार आयोगले भन्यो : हिंसात्मक कार्य नगरौं, लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन्छ

मानव अधिकार आयोगले भन्यो : हिंसात्मक कार्य नगरौं, लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन्छ



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने भन्‍दै कोही कसैले पनि हिंसात्मक कार्य नगर्न नगराउन सबैमा आग्रह गरेको छ । बुधबार आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै देशका विभिन्न शहरहरुमा भएको २ दिनको प्रदर्शनपश्चात लागेको निषेधाज्ञाको समयमा समग्र मानव अधिकारको स्थिति एवम् मृतकका परिवार र घाइतेहरुको अवस्था बुझ्ने कार्यमा आयोग निरन्तरता लागिरहेको बताएको छ ।

आयोगले लोकतान्त्रिक विधि र प्रक्रियाबाट देशले यथाशीघ्र राजनीतिक निकास पाउनुपर्ने र सबैले सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरेको छ । आयोगले आगामी दिनमा यस प्रकारका घटना हुने छैनन् भन्ने कुरामा विश्वस्त हुँदै कोही कसैले पनि हिंसात्मक कार्य नगर्न नगराउन सबैमा आह्वान समेत गरेको छ ।

लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुन सक्नेमा आयोग दृढ रहेको समेत जारी विज्ञप्तिमा उल्लेख छ । जनताका हक अधिकारलाई थप मजबुत र सुरक्षित बनाउँदै लोकतान्त्रिक विधि र प्रक्रियाबाट नै वर्तमान अन्यौलताबाट देशले यथाशीघ्र राजनीतिक निकास पाउनुपर्नेमा आयोगले जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्