काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन प्रतितोला दुई लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । मंगलबार चाँदी तोलामा १५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । मंगलबार चाँदी दुई हजार ४८५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । सोमबार तोलाको दुई हजार ४७० रुपैयाँमा कारोबार भएको थियो ।