Logo

सुनको मूल्यमा प्रतितोला १७ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा प्रतितोला १७ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँ कायम भएको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले बढ्दै २ हजार ४ सय ७० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार नेपाली बजारमा चाँदी प्रतितोला २ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्