काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माल्दिभ्सका राष्ट्रपति मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको छ । सांघाई सहयोग संगठन ९एससीओ० प्लस को शिखर सम्मेलनका क्रममा उनीहरूबीच भेट भएको हो ।
पाँच दिने चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओली शनिबार त्यसतर्फ गएका हुन् । त्यसक्रममा उच्चस्तरीय भेटवार्ता भइरहेका छन् ।
प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री तिपाहदेबीच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री सोमदेक मोहा बोरभोर तिपाहदेबीच भेटवार्ता भएको छ । सांघाई सहयोग संगठन (ससीओ) प्लस को शिखर सम्मेलनका क्रममा उनीहरूबीच भेट भएको हो ।
भेटका अवसरमा दुई देशबीचको सम्बन्ध, व्यापार र लगानीका क्षेत्रहरूको विस्तारलगायत विषयमा छलफल भएको थियो । भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो । उनीहरूबीच उच्चस्तरीय भ्रमणको आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।