Logo

हिमालयन डिष्टिलरीको नाफामा उच्च वृद्धि, इपिएसमा पनि सुधार

हिमालयन डिष्टिलरीको नाफामा उच्च वृद्धि, इपिएसमा पनि सुधार



काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ९५ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुनलामा १६१.१३ प्रतिशत धेरै हो । अघिल्लो वर्ष कम्पनीले ३६ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

असारसम्म आइपुग्दा कम्पनीको सञ्चालन आम्दानी बढेर ७ अर्ब २० करोड रुपैयाँ पुगेको छ । त्यसैले यसको नाफामा सुधार आएको हो । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । उक्त आम्दानी ११.८८ रुपैयाँबाट बढेर ३१.०२ रुपैयाँ पुगेको छ । प्रतिशेयर नेटवर्थ १३५.८४ रुपैयाँ छ ।

३ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १ अर्ब १० करोड रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्