काठमाडौं । अटो मोबिलिटी प्रदर्शनी नाइमा २०८२ मा टिभीएस मोटर्सले नेपाली बजारका लागि प्रतिक्षारत प्रिमियम कनसेप्ट मोटरसाइकलहरूको नयाँ सिरिज सार्वजनिक गर्ने भएको छ।
हल ‘बि’ को एल–३–ए स्टलमा प्रदर्शनी गर्न लागिएको नयाँ मोडेलहरूमा रोनिन, एनटोर्क, स्मार्ट इलेक्ट्रिक स्कूटर, जुपिटर लगायतका दुई पांग्रे सवारीसाधनहरू रहनेछन्। यसबाहेक, कम्पनीले पहिलो पटक आफ्नो नवप्रवर्तन क्षमताको झल्को दिने गरी विशेष डिजाइनमा तयार पारिएका कस्टम बाइक तथा भविष्यमुखी कनसेप्ट बाइकहरू पनि सार्वजनिक गर्नेछ।
प्रदर्शनीमा सहभागी हुने दर्शकहरूका लागि टिभीएसको स्टलमा रमाइलो कार्यक्रमहरू समेत राखिएको छ। दैनिक भाग्यशाली चिठ्ठामार्फत उपहार जित्ने मौका, दर्ता गर्ने हरेक व्यक्तिलाई प्रिमियम हेल्मेट, साथै टिभीएसका सम्पूर्ण सवारीसाधनहरूमा आजीवन वारेन्टीको विशेष योजना पनि उपलब्ध गराइनेछ।
नाइमा २०८२ लाई नेपालको अटोमोबाइल इतिहासमा सबैभन्दा ठूलो इभेन्टका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको आयोजक संस्थाले जनाएको छ। प्रदर्शनीमा लाखौँ दर्शकको सहभागिता हुने अपेक्षा गरिएको छ।