काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई असम अगष्ट’ नामक विशेष योजना सार्वजनिक गरेको छ। साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पो २०८२ अन्तर्गत यो योजना सञ्चालनमा ल्याइएको हो।
यस योजनामा ग्राहकहरूले विभिन्न आकर्षक नगद छुटका साथै विशेष लाभहरू प्राप्त गर्न सक्नेछन्। हुन्डाईको स्टल नम्बर १४ मा गई गाडी खरिद गर्ने ग्राहकले २ लाख ८० हजार रुपैयाँसम्मको नगद छुट, एक वर्षको निःशुल्क बीमा लगायतका लाभहरू प्राप्त गर्नेछन्। साथै, सबै हुन्डाई गाडीमा तीन वर्षको वारेन्टी पनि उपलब्ध छ।
ूअसम अगष्टू योजनाअन्तर्गत बम्पर पुरस्कारका रूपमा एक भाग्यशाली जोडीलाई भियतनाम भ्रमण गराइनेछ। चार दिन तीन रातको उक्त भ्रमणको सम्पूर्ण खर्च कम्पनीले व्यहोर्नेछ। नाइमा एक्स्पो अवधिमा हुन्डाई गाडी खरिद गर्ने ग्राहकहरू स्वचालित रूपमा उक्त लक्की ड्रमा सहभागी हुनेछन्।
त्यसैगरी, एक्स्पो अवधिभर हुन्डाईको स्टलमा गाडी बुक गर्ने ग्राहकहरूलाई दैनिक रूपमा विशेष उपहार प्रदान गरिनेछ। ती उपहारहरूमा बोस वासिङ मेसिन, ह्याम्पर लगायतका आकर्षक सामग्रीहरू समावेश गरिएका छन्।
हुन्डाईले हाल नेपाली बजारमा ग्राण्ड आई१० नियस, भेन्यु, क्रेटा इलेक्ट्रिक, क्रेटा आइस र आयोनिक ५ जस्ता आधुनिक प्रविधियुक्त मोडलहरू उपलब्ध गराइरहेको छ। कम्पनीले डिजाइन र प्रविधिको सन्दर्भमा निरन्तर सुधार र नवीनता ल्याउँदै आएको छ।
ूहुन्डाई असम अगष्टू योजना ग्राहकहरूका लागि न केवल लाभप्रद अफरको माध्यम बनेको छ, तर यात्राको रोमाञ्च र उपहारको उत्साहसमेत थपेको छ। हुन्डाई नेपालले सम्पूर्ण गाडीप्रेमी तथा इच्छुक ग्राहकहरूलाई भृकुटीमण्डपस्थित स्टल नम्बर १४ मा अवश्य उपस्थित भइ योजनाको फाइदा लिन आग्रह गरेको छ।