Logo

नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, मानवसेवा आश्रमलाई आर्थिक सहयोग

नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, मानवसेवा आश्रमलाई आर्थिक सहयोग



काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको धनगढीस्थित मानवसेवा आश्रमलाई अत्यावश्यक सामग्री र आर्थिक सहयोग प्रदान गरेको छ।

सडकमा बसोबास गर्ने घरवारविहीन तथा शारीरिक वा मानसिक रूपमा अशक्त व्यक्तिहरूको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले गरिएको उक्त सहयोग कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्दले मानवसेवा आश्रम सुदूरपश्चिम प्रदेश संयोजक आदर्श ढकाललाई सामग्री र सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बैंकका प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख जोखिम अधिकृत विष्णुदेव यादव, सहायक महाप्रबन्धक अर्जुन नेपाल, प्रमुख कर्जा अधिकृत रोशन कोइराला लगायत बैंक तथा आश्रमका वरिष्ठ पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

नेपाल एसबिआई बैंकले समुदायस्तरमा यस्ता सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।

वि।सं। २०५० सालदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल एसबिआई बैंक हाल देशभर १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखारहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा विस्तार गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्