Logo

अनौपचारिक क्षेत्रमा ठूलो अर्थतन्त्र रहेको अर्थको ठहर, यी ६ विषयमा अध्ययन गर्न पत्र

अनौपचारिक क्षेत्रमा ठूलो अर्थतन्त्र रहेको अर्थको ठहर, यी ६ विषयमा अध्ययन गर्न पत्र



काठमाडौं । अर्थ मन्त्रालयले अनौपचारिक क्षेत्रमा ठूलो अर्थतन्त्र रहेको ठहर गरेको छ । मन्त्रालयले सो विषयमा अध्ययन गरिदिन भन्दै नीति अनुसन्धान प्रतिष्ठानलाई पत्राचारसमेत गरेको छ ।

मन्त्रालयले विविध ६ विषयमा अध्ययन गरिदिन आइतबार प्रतिष्ठानलाई पत्र लेखेको हो । अर्थ मन्त्रालय स्रोतका अनुसार अनौपचारिक क्षेत्रमा रहेको ठूलो अर्थतन्त्रलाई औपचारिक क्षेत्रमा कसरी ल्याउन सकिन्छ भन्ने मुख्य विषय सहित ६ विषयमा अध्ययन गरिदिन प्रतिष्ठानलाई पत्राचार गरिएको हो ।

अनौपचारिक क्षेत्रको अर्थतन्त्र औपचारिक क्षेत्रमा आउँदा राज्यको राजस्व समेत वृद्धि हुने अर्थमन्त्रालयको विस्वास छ । औपचारिक व्यवसायबाट आर्जन गरेको सम्पति पनि अनौपचारिक रुपमा नेपाली व्यवसायीहरुले पुँजी पलायन गर्ने गरेको तथ्य फेला पर्न थालेको अर्थ मन्त्रालयको निष्कर्ष छ ।

मन्त्रालयले गैरकर राजस्व, बजेटको असर, बजेटको वास्तविक नतिजा, सामाजिक सुरक्षामा छरिएर रहेका विषयको व्यवस्थापन र सरकारले प्रदान गर्ने अनुदानको विषयमा पनि अनुसन्धान गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्