Logo

‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ दुई गायिकाको तरिका सही लाग्यो : प्रधानमन्त्री

‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ दुई गायिकाको तरिका सही लाग्यो : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आफूहरूलाई लाञ्छना लगाउनेहरूविरुद्ध उत्रिएका गायिकाहरु समीक्षा अधिकारी र एलिना चौहानको प्रशंसा गरेका छन् ।

गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने यी दुई गायिकाको तरिका सही लागेको भनी प्रधानमन्त्री ओलीले शनिबार बिहान सामाजिक सञ्जालमार्फत तारिफ गरेका छन् ।

‘आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्छ’, उनले लेखेका छन्, समाजलाई उत्तेजनाले ‘गाइड’ गरेर गलत बाटोतर्फ डो¥याउन नदिन र विवेकतर्फ फर्काउन ‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ यी दुई गायिकाको तरिका सही लाग्यो । समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो । राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्