Logo

सुनको मूल्यमा एकैदिन २६ सयको गिरावट, कतिमा हुँदैछ कारोबार

सुनको मूल्यमा एकैदिन २६ सयको गिरावट, कतिमा हुँदैछ कारोबार



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ८९ हजार ४ सय रुपैयाँ कायम भएको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढ्दै २ हजार १ सय ६५ रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला २ हजार १ सय ४० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This