Logo

मलको हाहाकार छ, जो मन्त्री भए पनि भइरहन्छ : मन्त्री अधिकारी

मलको हाहाकार छ, जो मन्त्री भए पनि भइरहन्छ : मन्त्री अधिकारी



काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले बजारमा मलको हाहाकार भइरहने बताएका छन् ।

आज (बिहीबार) नेपाल डेरी एशोसिएशनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले ११ लाखदेखि १४ लाख टन मलको माग रहेको र आपूर्ति भने चार लाख टनमात्रै भइरहेको बताएका हुन् । मागको एक चौथाइमात्रै मल उपलब्ध गराउन सकिएको उनले बताए ।

‘मलको हाहाकार छ, हुन्छ । जो मन्त्री भए पनि हुन्छ । गत वर्ष हामीलाई २७ अर्ब, ९५ करोड बजेट विनियोजन गरिएको थियो । जम्मा साढे चार लाख टनभन्दा मल आउँदैआउँदैन । बजारमा माग ११ लाखदेखि १४ लाख टन मल माग छ । एक चौथाइ मलले कसरी किसानलाई समयमा पुर्याउन सक्छ ? सम्भावना नै छैन । राज्यको दायित्व भएपछि चिन्ता नगर्नुस्, छ, आउँछ भन्नै पर्यो । मैले तपाईँहरुको बीचमा यथार्थ कुरा राखेको,’– उनले भने ।

प्रतिक्रिया दिनुहोस्