Logo

सुक्खा बन्दरगाहले आर्जन गर्यो ४५ अर्ब ६१ करोड राजस्व, हरेक महिना ४ अर्ब बढी संकलन

सुक्खा बन्दरगाहले आर्जन गर्यो ४५ अर्ब ६१ करोड राजस्व, हरेक महिना ४ अर्ब बढी संकलन



काठमाडौं । सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा रु ४५ अर्ब ६१ करोड ६८ लाख ५० हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले चालु आवको ११ महिनामा राजस्व सङ्कलन उत्साहजनक रहेको जानकारी दिए ।

उनले साउनमा ३ अर्ब ७५ करोड, भदौमा ४ अर्ब ६४ करोड, असोजमा ४ अर्ब ३६ करोड, कात्तिकमा ३ अर्ब ७९ करोड राजस्व सङ्कलन गरेको थियो । मङ्सिरमा ३ अर्ब २२ करोड, पुसमा ३ अर्ब ५६ करोड, माघमा ४ अर्ब २९ करोड, फागुनमा ४ अर्ब ६८ करोड र चैतमा ४ अर्ब ५० करोड राजस्व सङ्कलन भएको बताए ।

वैशाखमा भने ४ अर्ब ३४ करोड ५२ लाख ८९ हजार, जेठमा ४ अर्ब ४३ करोड ५७ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयको चालु आवमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य छ । रासस

प्रतिक्रिया दिनुहोस्