काठमाडौँ । पोखराबाट चितवन तथा काठमाडौ आउने पर्यटक गाडीलाई आजपनि स्कर्टिङ गरिएको छ ।
२० पर्यटक गाडी मध्ये १७ वटा काठमाडौ र ३ वटा चितवनका लागि स्कर्टिङ गरिएको प्रहरीले जानकारी दिएको हो ।
यसैगरी मुक्तिनाथ दर्शन गरी फर्किएका तिर्थयात्री सहितको एउटा इभि भ्यान पनि स्कर्टिङ मार्फत नै काठमाडौंकोतर्फ ल्याइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलिले स्कर्टिङ गरेको हो । ती सवारीसाधनमा ६ सय बढी यात्रुहरु रहेका छन् ।