Logo

भाटभटेनीमा लुटपाट : ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा, जनही ३० हजारसम्म जरिवाना

भाटभटेनीमा लुटपाट : ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा, जनही ३० हजारसम्म जरिवाना



काठमाडौं । गत चैत १५ गते राजावादी समूहको प्रदर्शनको क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाटमा संलग्न ११ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले आपराधिक उपद्रवको मुद्दा दायर गरेको छ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ अनुसार उनीहरूलाई तीन वर्षसम्मको कैद सजाय र ३० हजार रुपैयाँसम्म जरिवाना माग दाबी गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो। मुद्दा भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्ट स्टोर प्रालिका प्रवन्ध निर्देशक मीनबहादुर गुरुङको जाहेरी र प्रहरीको प्रतिवेदनको आधारमा दायर गरिएको हो।

प्रदर्शनको क्रममा भएको तोडफोड, आगजनी तथा लुटपाटका कारण भाटभटेनीमा ८० लाख ३३ हजार १९२ रुपैयाँ ५२ पैसाको क्षति पुगेको कम्पनीको दाबी छ। घटनापछि प्रतिवादीबाट बरामद गरिएको २ लाख ४३ हजार ८७४ रुपैयाँ बराबरको सामानको मूल्य घटाएर ७७ लाख ८९ हजार ३१८ रुपैयाँ ५२ पैसा माग दाबी गरिएको छ।

मुद्दा सामना गरिरहेका व्यक्तिहरूको विवरणः

१ श्रवणकुमार लामा – दक्षिणकाली–८, छैमले, काठमाडौं
२ समीर मगर – उर्लाबारी–२, मोरङ ९हाल कोटेश्वर, काठमाडौं–३२०
३ रविरञ्जनकुमार सिंह – बैशाली, बिहार, भारत
४ लक्ष्मी राई – इटहरी–२, सुनसरी
५ आशिककुमार महतो – मिथिला–५, धनुषा
६ गोविन्दा राय – रामनगर–२, सर्लाही
७ सुशीला कुमाल – विदुर–६, नुवाकोट
८ निर्मला कार्की – चौतारा साँगाचोकगढी–८, सिन्धुपाल्चोक
९ प्रेमकुमार महतो – बरहथवा–१६, सर्लाही
१० राधेश्याम यादव – नवराजपुर–४, सिराहा
११ दिनेश महत्तो – लहान–८, सिराहा (हाल कोटेश्वर, काठमाडौं–३२)

यसैबीच, घटनामा संलग्न ४ जना नाबालकविरुद्ध भने भक्तपुर बाल अदालतमा छुट्टै आरोपपत्र दर्ता गरिएको छ। ती नाबालकको नाम भने गोप्य राखिएको छ।

प्रतिक्रिया दिनुहोस्