काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य एकैदिन प्रतितोला ३ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ८१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको हो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढ्दै १९ सय ४५ रुपैयाँ कायम भएको छ । यसअघि नेपाली बजारमा चाँदी प्रतितोला १९ सय २५ रुपैयाँमा कारोबार भईरहेको थियो ।