Logo

देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै : डेङ्गीबाट एकको मृत्यु, ३० जनामा हैजा पुष्टि

देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै : डेङ्गीबाट एकको मृत्यु, ३० जनामा हैजा पुष्टि



काठमाडौं । देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले डेङ्गीबाट एक जनाको मृत्यु भएको आज जनाएको हो । गत पुसदेखि हालसम्म देशभर दुई हजार तीन सय ६५ जनाबाट संक्रमित छन् ।

डेङ्गी संक्रमण ७३ जिल्लामा फैलिएको छ । कोशी प्रदेशमा पाँच सय ३७, मधेसमा ४६, बागमतीमा सात सय ४७, गण्डकीमा पाँच सय आठ, लुम्बिनीमा दुई सय ४७, कर्णालीमा ३८ र सुदूरपश्चिममा दुई सय ४२ जना संक्रमित भएका हुन् ।

काठमाडौँ उपत्यकामा दुई सय ८७, कास्कीमा एक सय ३७, झापामा एक सय ३३, चितवनमा एक सय १६ र तनहुँमा एक सय १० जना संक्रमित छन् । त्यसैगरी, हैजा संक्रमितको संख्या पनि बढ्दै गएको छ । देशभर ३० जनामा हैजा पुष्टि भएको इडिसिडीले जनाएको हो । हालसम्म हैजाबाट कसैको पनि मृत्यु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्