Logo

वागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते

वागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते



काठमाडौं । वागमती प्रदेश सरकारले यही जेठ १४ गते नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । सभामुख भुवनकुमार पाठकले उक्त जानकारी दिएका हुन् ।

laxmi

बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न दलहरूको सहमति रहेको उनले बताए । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछन् ।

सभामुख पाठकले आजको प्रदेशसभा बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को विनियोजित बजेटका सैद्धान्तिक पक्ष र योजनाको प्राथमिकताका विषयमा छलफल हुने जानकारी दिए। बजेटको सैद्धान्तिक पक्षमा भोलि पनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL