Logo

आईएमई लाईफको लाभांसमा परिवर्तन, यस्तो छ नयाँ लाभांस

आईएमई लाईफको लाभांसमा परिवर्तन, यस्तो छ नयाँ लाभांस



काठमाडौं । आइएमई लाईफ एन्स्योरेन्सले आफ्ना लगानीकर्तालाई वितरण गर्न लागेको लाभांस परिवर्तन गरेको छ । यसअघि बैशाख १९ गते बसेको कम्पनीको संचालक समितिको बैठकले नगद र सेयर गरी ३४.५० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।

laxmi

उक्त प्रस्तावमा बीमा प्राधिकरणले कर प्रयोजनका लागि बाहेक अन्य नगद लाभांस वितरण गर्न नपाईने बताएपछि पुनः कम्पनीको संचालक समितिको बैठकले लाभांस संशोधन गरेको हो ।

संशोधित लाभांशअनुसार अब कम्पनीका सेयरधनीले कम्पनीको हाल कायम चुक्तापुँजी ४ अर्ब रुपैयाँको २५ प्रतिशत सेयर बोनस र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांस पाउने भएका हुन् । यसरी लगानीकर्ताले कुल जम्मा २६.३१ प्रतिशत लाभांश पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL