Logo

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो ३४.५० प्रतिशत लाभांश घोषणा, यस्तो छ नगद र बोनसको अनुपात

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो ३४.५० प्रतिशत लाभांश घोषणा, यस्तो छ नगद र बोनसको अनुपात



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ। कम्पनीको वैशाख १९ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

laxmi

कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनस सेयर र कर प्रयोजनको लागि समेत ९.५० प्रतिशतले हुन आउने ३८ करोड बराबरको नगद लाभांश गरि कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब रहेको छ । प्रस्तावित २५ प्रतिशत बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब पुग्ने छ।

प्रतिक्रिया दिनुहोस्
MBL