Logo

निर्माण व्यवसायी रमेश शर्मा किर्गिजस्तानका लागि नेपालको अवैतनिक महावाणिज्यदूत नियुक्त

निर्माण व्यवसायी रमेश शर्मा किर्गिजस्तानका लागि नेपालको अवैतनिक महावाणिज्यदूत नियुक्त



काठमाडौं । निर्माण व्यवसायी रमेश शर्मा किर्गिजस्तानका लागि नेपालको अवैतनिक महावाणिज्यदूत नियुक्त भएका छन् । शर्मालाई विहिबार परराष्ट्र मन्त्रालयमा शिष्टाचार महापाल दिलिपकुमार पौडेलले अवैतनिक महावाणिज्यदूतको नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् । नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार एवं पूर्व अध्यक्ष शर्मा गुणस्तरीय कार्यका लागि देश विदेशमा ख्याति कमाएको शर्मा एण्ड कम्पनीका प्रबन्ध निर्देशक हुन् ।

laxmi

निर्माण व्यवसायीको पृष्ठभूमिबाट अवैतनिक महावाणिज्यदूत नियुक्त हुने शर्मा पहिलो व्यक्ति हुन् । नेपाल र किर्गिजस्तानबीचको सम्बन्धलाई अझ प्रगाढ बनाइ नेपालमा किर्गिजस्तानको लगानी भित्र्याउन आफूले विशेष पहल गर्ने शर्माले बताए। निर्माण व्यवसाय लगायत अन्य विविध क्षेत्रमा समेत लगानी गर्नु भएका शर्मा विभिन्न सामाजिक संस्थामा पनि उत्तिकै क्रियाशिल छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL