Logo

कतारका अमिर पहिलोपटक मंगलबार नेपाल भ्रमणमा आउँदै, सम्झौता र सहमतिपत्रमा हस्ताक्षर हुने

कतारका अमिर पहिलोपटक मंगलबार नेपाल भ्रमणमा आउँदै, सम्झौता र सहमतिपत्रमा हस्ताक्षर हुने



काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आउँदो मंगलबार पहिलो पटक नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आउने भएका छन् । अमिरको यो भ्रमणले कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताए ।

laxmi

कतारी अमिर एसियाली मुलुकको औपचारिक भ्रमणमा आइतबार निस्कने तथा त्यस क्रममा उनले फिलिपिन्स, बंगलादेश र नेपालको भ्रमण गर्ने राजदूत अल अन्सारीले बताएका छन् । राजदूत अल अन्सारीका अनुसार अमिर अल थानीले तीन वटै देशका उच्च नेतृत्वसँग पारस्परिक चासो र सहयोग अभिवृद्धिमा केन्द्रित रहेर भेटवार्ता गर्नेछन्।

कतारी प्रतिनिधिमण्डलका नेता अमिरको उपस्थितिमा विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्द्धन गर्नेसम्बन्धी सम्झौता र सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा दुई देशबीचको श्रम सम्झौतालाई परिस्कृत गर्नेलगायत विषयलाई उच्च प्राथमिकतामा राखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL