Logo

नक्कली शरणार्थी प्रकरणमा हिरासतमा रहेका रायमाझीको मुटुमा समस्या, मनमोहन कार्डियोमा उपचार हुँदै

नक्कली शरणार्थी प्रकरणमा हिरासतमा रहेका रायमाझीको मुटुमा समस्या, मनमोहन कार्डियोमा उपचार हुँदै



काठमाडौँ । नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका नेता रायमाझीको मुटुमा समस्या भएपछि बुधबार उनलाई उक्त सेन्टरमा भर्ना गरिएको थियो ।

laxmi

नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै उनको उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ डा चन्द्रमणि पौडेलले उनलाई मुटुको चालको निगरानी गर्न सेन्टरमा राखिएको बताए ।

“उहाँलाई रिँगटा लागेर मुटुको चाल कम भएपछि भर्ना गरिएको हो”, डा पौडेलले भने, “अहिले उहाँको मुटुको इसिजी गरेर चिकित्सकको निगरानीमा राखिएको छ ।” उनको स्वास्थ्यमा कुनै समस्या नभए पनि मुटुको चाल मात्र कम भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL