Logo

इन्सेफ्लाइटिसबाट १०३ सङ्क्रमित, २० जनाको मृत्यु

इन्सेफ्लाइटिसबाट १०३ सङ्क्रमित, २० जनाको मृत्यु



काठमाडौं । देशमा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दै गएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखाले जनाएको छ । शाखाप्रमुख डा.अभियान गौतमका अनुसार हाल १ सय ३ जनामा जापानिज सङ्क्रमित पुष्टि भएको र २० जनाको मृत्यु भएको छ ।

डा.गौतमले जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण खोप नलगाएका मानिसमा बढी भेटिएको बताए । ७० प्रतिशतभन्दा बढी मृत्यु १५ वर्षभन्दा माथिको उमेर समूहका बिरामीको भएको छ । सङ्क्रमणबाट झापा, मोरङ, तेह्रथुम, बारा, सिन्धुली, अर्घाखाँची, प्यूठान, दाङ, बर्दिया, कैलाली, रौतहट, नवलपरासीपूर्व, चितवन र नवलपराली पश्चिममा मृत्यु भएको हो ।

स्वास्थ्यकर्मीहरुका अनुसार क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट जापानिज इन्सेफलाइटिस हुने गर्छ । यसले मस्तिष्कमा गम्भीर सङ्क्रमण भई बिरामीको मृत्यु हुने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्