Logo

नेपाल निर्जीवन बीमा ब्यवसायी संघको अध्यक्षमा मल्ल चयन, यस्तो बन्यो नयाँ कार्यसमिति

नेपाल निर्जीवन बीमा ब्यवसायी संघको अध्यक्षमा मल्ल चयन, यस्तो बन्यो नयाँ कार्यसमिति



काठमाडौं ।  नेपाल निर्जीवन बीमा ब्यवसायी संघको अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । नेपालमा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुका लगानीकर्ताहरुको छाता संगठन नेपाल निर्जीवन बीमा ब्यवसायी संघको चैत्र ७ गते बुधबार सम्पन्न आठौं बार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको हो ।

laxmi

सभाले आगामी दुई बर्षको लागि नयाँ कार्यसमिति गठन गरेको हो । जसअनुसार अध्यक्षमा राजेन्द्र मल्ल (प्रभु इन्स्योरेन्स), उपाध्यक्षमा मनोहर दास मुल (सगरमाथा लुम्बिनी इन्स्योरेन्स), महासचिवमा महेन्द्र कृष्ण श्रेष्ठ (हिमायलन एभरेस्ट इन्स्योरेन्स), कोषाध्यक्षमा रमेश कुमार निरौला (नेको इन्स्योरेन्स) सदस्यहरुमा आजाद श्रेष्ठ (युनाईटेड अजोड इन्स्योरेन्स), पवन अग्रवाल (सिद्धार्थ प्रिमियर इन्स्योरेन्स) र कुनाल कयाल (सानिमा जनरल इन्स्योरेन्स) रहेका छन् । ।

प्रतिक्रिया दिनुहोस्
MBL