Logo

सुन–चाँदीको मूल्य बढ्यो, यस्तो छ बजार भाउ

सुन–चाँदीको मूल्य बढ्यो, यस्तो छ बजार भाउ



काठमाडौं । मंगलबार सुन–चाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य तोलाको ७ सय रुपैयाँले बढेर १ लाख २५ हजार २ सय रुपैयाँ पुगेको छ । सोमबार यस्तो सुनको मूल्य तोलाको १ लाख २४ हजार ५ सय रुपैयाँ थियो ।

laxmi

छापावाला सुनसँगै मंगलबार तेजावी सुनको मूल्य पनि बढेको छ । तेजावी सुनको मूल्य पनि मंगलबार तोलामा ७ सय रुपैयाँले नै बढेर १ लाख २४ हजार ६ सय रुपैयाँ पुगेको छ । सोमबार तेजावी सुन तोलाको १ लाख २३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर १ हजार ५ सय २५ रुपैयाँ पुगेको छ । सोमबार चाँदीको मूल्य तोलाको १ हजार ५ सय २० रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL